काठमाडौँ— ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१+ द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्दछ जसले प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउँछ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन उपलब्द गराउने लक्ष्य राखेको शाओमीले स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूका लागि नयाँ रेड्मी सिरिज लन्च गरेको तथा रेड्मी ए१ र रेड्मी ए१+लन्च गरेसँगै कम्पनीले नयाँ प्रविधिहरू अनुकूलन गर्न र स्मार्टफोन प्रयोगकर्ताहरूलाई जीवनशैलीमा स्तरवृद्धि गराउन नयाँ स्मार्टफोन सेटहरुलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गरेको हुदाँ रेड्मी ए१ र रेड्मी ए१+ दुवैको लन्चसँगै, नयाँ स्मार्टफोन युजरहरूलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँच योग्य बनाएको बताउनुभयो ।
(रेड्मी ए१ सिरिज— लाईफ बनाऔँ ए१)
रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तरवृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । बजेट भित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै, रेड्मी ए१ र रेड्मी ए१+‘रेड्मीकै भरोसा’ अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
(ए१ इन्टरटेनमेन्ट)
रेड्मी ए१ र रेड्मी ए१+ विस्तृत दायरामा राम्रो गुणस्तरका साथ उपलब्ध छन् । यी स्मार्टफोनहरुमा उत्कृस्ट क्यामेरा, भरपर्दो ब्याट्री लाइफ, क्लासिक “१६.५५ से. मी. ६.५२” को रंगीन डिस्प्ले समावेश गरिएको छ । नन–स्टप मनोरञ्जन र गुणस्तरको अडियो अनुभवको लागि रेड्मी ए१ र ए१+ प्लसमा शीर्ष स्पिकरहरू जडान गरिएको छ साथै यस उपकरण पूर्व–स्थापित एफएम रेडियो एपको साथ आउँदछ । साथै रेड्मी ए१ र रेड्मी ए१+ मा राखिएको ५००० म्या ब्याट्रिले बिना कुनै रुकावट यसको निरन्तर प्रयोग सुनिश्चित गर्दछ ।
(ए१ एक्सपिरियन्स)
रेड्मी ए१ र रेड्मी ए१+ पावर अपको लागि मिडिया टेक हेलियो ए २२ चिपसेट जडित छ जसको सहायताल फोटोग्राफी, र भिडियोमा थप क्लारिटी प्रदान गर्दछ । यसमा रहेको र्यामको समर्थनद्वारा रेड्मी ए१ र रेड्मी ए१+ लाई थप कुशल बनाउँछ । रेड्मी ए१ र रेड्मीए१+ दुवै क्लीन एन्ड्रोइड १२ मा चल्छन् जसले यसलाई अझ छिटो र थप गोपनीयता प्रदान गर्न मद्दत गर्दछ ।
(ए१ डिजाइन)
रेड्मी ए१ र रेड्मी ए१+ दुवैे एन्ट्री–लेभल डिजाइनको साथ तीन रंग –ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु रंगमा उपलब्ध छ । यसको टेक्सचर्ड डिजाइनले फिंगरप्रिन्टहरू फोनमा रहन नदिन मद्दत गर्दछ जसले गर्दा फोन लामो समय सम्म नयाँ देखिन्छ । रेड्मी ए१+ मा रहेको रियर फिंगर प्रिन्ट सेन्सरले प्रयोगकर्ताहरूलाई सरलता पूर्वक फोन अनलक गर्न मद्दत गर्दछ ।
(ए१ क्यामेरा)
रेड्मी ए१ र रेड्मी ए१+ मा रहेको ८ एमपि फ्रन्ट क्यामेरा सेटअपले प्रयोगकर्ताहरुलाई यादगार पलहरु सहज रूपमा क्यापचर गर्न मद्दत गर्दछ । एडभान्स सिग्नल प्रोसेसर र मोडहरू संयोजन गर्दै यस स्मार्टफोनमा प्रयोगकर्ताहरूले कुनै अवरोध बिना, भिडियो कलहरू मार्फत आफ्ना प्रियजनहरूसँग कुरा गर्न सक्छन् ।
(ए१ क्वालीटी)
प्रयोगकर्ताहरूले हरेक वर्ष आफ्नो फोन परिवर्तन नगरी नयाँ स्मार्टफोनको अनुभव लिन सकुन् भन्ने कुरा सुनिश्चित गर्दै, रेड्मी ए१ ले ५००,००० पटक, कनेक्टरको टिकाउपन परीक्षण १०,००० पटक र माइक्रो ड्रप परीक्षण २८,००० पटक गरिसकेको छ ।
यसको मूल्य भने यस प्रकार रहेको छ,
रेड्मी ए१ २जिबि+ भेरियन्टमा रु.११,९९९ मूल्यमा, रेड्मी ए १+ २ जिबि भेरियन्टरु.१२,४९९ र १३,९९९ रुपैयामा देखि देशभरका सबै अधिकृत विक्रेताहरुमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया