काठमाडौँ— डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक, सुदिप आचार्य, सीईओ इनसाइट्स एसियाद्वारा दक्षिण एसियाकै उत्कृष्ट दश मध्येका बिजनेस लिडरका रुपमा सम्मानित भएका छन् ।
सीईओ इनसाइट्सले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयामहरुमा लैजान सक्ने, दक्षिण एसियाका उच्चस्तरका प्रोफेसनलहरु र विचारशील नेतृत्वहरुलाई यो सम्मान प्रदान गर्दै आएको छ । नेपालको एकमात्र सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा दश लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उहाँ अध्यक्ष रहनुभएको डिजिटल होम इन्टरनेशनलले सेटअप बक्सहरुको उत्पादन हुँदै होम अप्लायन्स पनि उत्पादन तथा विक्री वितरण गर्न सुरु गरेको छ भने उहाँकै अध्यक्षतामा कामना सेवा विकास बैँकले देशभर १ सय ३१ शाखाहरु विस्तार गरेको छ ।
सफलताको मन्त्र बारे सोध्दा आचार्यले सबै श्रेय टिमवर्कलाई दिनुभएको छ । उद्यमी बन्न चाहनेहरुका लागि उहाँले यस्तो सुझाव दिनुभएको छ, ” उद्यमीको रुपमा तपाईले के बुझ्न आवश्यक छ भने कमजोर पक्षहरु जहाँ पनि छन् । त्यसैले केहि निर्माण गर्ने निर्णय गर्नु अघि, पर्याप्त अनुसन्धान भएको सुनिश्चित गर्नुहोस् ।” देशमा बढ्दो इन्टरनेट सेवाको मागलाई सम्बोधन गर्दै सन् २०२० मा डिश मिडिया नेटवर्कले डिशहोम फाइबरनेट मार्फत आफ्नो सेवा विस्तार गरेको छ भने भर्खरै नयाँ पुस्तामा लक्षित “आई पि टिभि” पनि सुरु गरेको छ ।
यिनै सफलता र अन्तर्राष्ट्रिय पहिचानका साथ, सुदिप आचार्य हरेक नेपाली घरपरिवारलाई ब्रोडब्यान्ड नेटवर्कमा जोड्न तत्पर रहेका छन् ।


प्रतिक्रिया