Breaking

प्रधानमन्त्रीद्वारा वनमन्त्री तथा प्रदेशसभा उम्मेदवार थापाको निधनप्रति दुःख व्यक्त


काठमाडौँ— प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको खबरले स्तव्ध भएको बताउनुभएको छ ।

प्रदेश १ का वन मन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा उम्मेदवार थापाको बुधबार बिहान निधन भएको हो । केही दिनअघि डेंगु सङ्क्रमित भएका मन्त्री थाानको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार सामाजिक सञ्जाल ट्वटरमार्फत प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवम् मोरङ क्षेत्र नम्वर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधनको खवरले स्तव्ध भएको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । पथरी शनिश्चरे–८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा हुनुहुन्थ्यो ।