देश

खानेपानी तथा सरसफाइको लागि विश्व बैंकले दियो ९ अर्ब ९५ करोड रूपैयाँ


काठमाडौँ — विश्व बैंक सञ्चालक समितिले नेपालको खोनेपानी तथा सरसफाइ सेवा सुधारको लागि ८ करोड अमेरिकी डलर हालको मूल्यमा नेपाली ९ अर्ब ९५ करोड रूपैयाँ दिने निर्णय स्वीकृत गरेको छ ।

यो रकम वाटर सेक्टर गभर्नेन्स एण्ड इन्फ्रास्ट्रकचर सपोर्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत खर्च हुनेछ । विश्व बैंकको यो सहयोग इन्टर्नेसनल डेभलपमेन्ट एसोसिएसन आइडिए अन्तर्गतको हो ।

यसमा शून्य वा कम ब्याजदरमा ऋण तथा अनुदान दिइन्छ । ३० देखि ४० वर्षको अवधिमा ब्याज वा सावा भुक्तानी गर्न सकिने हुन्छ ।