काठमाडौँ — वेददेखि लिएर पूजन पद्धतिसम्मको हरेक कार्यमा यज्ञ तथा हवनको महत्व उल्लेख गरिएको छ । यज्ञलाई सनातन संस्कृतिको एक महत्वपूर्ण हिस्सा मानिन्छ । यद्यपि, यो कुनै धार्मिक काम मात्र नभएर यज्ञ एक महत्वपूर्ण विज्ञान पनि हो । यज्ञका लागि जुन रुखको काठ तथा अन्य चिजको प्रयोग गरिन्छ, त्यसमा विशेष प्रकारको गुण रहेको हुन्छ । यज्ञमा प्रयोग हुने यस्ता हरेक सामग्रीको वैज्ञानिक महत्व रहने गरेको छ । यस्ता सामग्रीको समिश्रणबाट विशेष गुण तयार हुन्छ र जल्ने क्रममा वायुमण्डलमा विशिष्ट प्रभाव उत्पन्न हुनेगर्छ । वेद मन्त्रहरुको उच्चारणको शक्तिबाट उक्त प्रभाव अझ बढ्ने गर्छ ।
यज्ञमा औषधिका रुपमा प्रयोग हुने रुखका टुक्रा, जौँ, तिल, गाईंको दूधबाट बनेको घिऊ र करिब ५५ किसिमको फरक फरक औषधिबाट हवन गर्ने परम्परा रहेको छ । यी औषधिले पर्यावरणमा सकारात्मक ऊर्जाको निर्माण गर्दछ । साथै थुप्रै किसिमका रोग फैलाउने किटाणुलाई नष्ट गर्न पनि सहयोगी भूमिका खेल्दछ । प्रकृतिलाई सन्तुलित राख्न तथा वातावरणलाई दुषित हुनबाट यज्ञ कार्यले बचाउने धार्मिक शास्त्रका साथै वैज्ञानिक अध्ययनले देखाएका छन् ।
यज्ञ एक महत्वपूर्ण विज्ञान हो । यसमा जुन जुन वृक्षहरूको समिधा उपयोगमा ल्याइन्छ, तिनमा विशेष प्रकारका गुण हुन्छन् । केका लागि कस्तो प्रकारको सामग्री हवन गरिन्छ त्यसको पनि विज्ञान छ । हवन गरिने वस्तुहरूको सम्मिश्रणबाट एक विशेष गुण तयार हुन्छ, जुन जलेपछि वायुमंडलमा विशिष्ट प्रभाव पैदा हुन्छ । वेदका मन्त्रहरूको उच्चारणको शक्तिबाट त्यसको प्रभावमाअधिक वृद्धि हुन्छ । यसबाट यज्ञमा सहभागी व्यक्ति तथा यज्ञ स्थल वरिपरिको वायुमण्डलमा ठुलो प्रभाव पर्छ । वैज्ञानिक तरिकाको कृत्रिम वर्षा गराउनुभन्दा यज्ञद्वारा वर्षा गराउनु पर्यावरणका लागि राम्रो हुन्छ ।
यापक सुख–समृद्धि, वर्षा, आरोग्य तथा शान्तिका लागि ठुल्ठुला यज्ञको आवश्यकता भएको धर्मगुरुहरु बताउछन् । हवन यज्ञको लघु रूप हो।कुनै पनि पूजा अथवा जप आदिका पछि अग्निमा दिइने आहुतिको प्रक्रिया हवनको रूपमा प्रचलित छ। यज्ञ कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो । यज्ञमा देवता, आहुति, वेद मंत्र, ऋत्विक र दक्षिणा अनिवार्य मानिन्छ।हवन हिन्दू धर्ममा शुद्धिकरणको एक कर्मकाण्ड पनि हो । मान्यता अनुसार कसैलाई दुष्ट आत्माको प्रभाव पर्यो, कुनै अलौकिक तत्वले दुस्ख दियो भने पनि त्यस्तो समस्या हटाउन हवन गरिन्छ । शुभकामना, स्वास्थ्य एवं समृद्धि हासिल गर्नका लागि पनि हवन गरिन्छ ।
हिन्दू धर्ममा यज्ञ को परम्परा वैदिक कालदेखि नै चलिआएको पाइन्छ । हिन्दू धर्ममा मनोकामना पूर्ति तथा अनिष्ट टार्नका लागि यज्ञ गरिएका थुप्रै प्रसङ्ग पाइन्छन् । रामायण तथा महाभारतमा थुप्रै यज्ञ कर्ता राजाहरूको वर्णन पाइन्छ जसले आफ्नो जीवनमा महान् यज्ञ गरेका थिए। देवतालाई प्रसन्न पार्न यज्ञ गरिने परम्परा छ । शास्त्रका अनुसार यज्ञको रचना सर्वप्रथम परमपिता ब्रम्हाले गरेका थिए । यज्ञका विषयमा सम्पूर्ण वर्णन वेदमा पाइन्छ ।


प्रतिक्रिया