देश

आरोग्य सेवा भोलेन्टियर एलाईन्सद्वारा सोलुखुम्बुमा स्वास्थ्य उपकरण प्रदान

योहो संवाददाता

काठमाडौँ — आरोग्य सेवा भोलेन्टियर एलाईन्सले सोलुखुम्बु सोताङ २ मा तिनलाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । चेपेल शेर्पा समाजका सहसचिव छेवाङ शेर्पाको सहकार्यमा ,आरोग्य संस्थाका भोलेन्टियर Naveen Mallesh र Puneeth ले स्वास्थ्य उपकरणसहितका सामाग्री प्रदान गरेका हुन् ।

सबै जनताको स्वास्थ्यमा समान पहुँच पुर्याउने उद्धेश्यले सोलुखुम्बुको दुर्गम क्षेत्रको सोलुखुम्बु सोताङ २ स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण, औषधिसहितको सामाग्री प्रदान गरीएको हो । नेपाल र भारतका जनताको स्वास्थ्यमा समान पहुँच पु¥याउन उद्धेश्यले दुर्गम क्षेत्रको स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण, औषधिसहितको सामाग्री प्रदान गरीएको हो ।

दाँत सम्बन्धि स्वास्थ्य उपकरण, प्रोक्टेबल सिच्वेशन युनिट Baby Welghing Scale स्त्रीरोग सम्बन्धि उपकरणलगायतका अत्यावश्क उपकरण दुर्गम क्षेत्रका जनता आर्थिक समस्याका कारण स्वास्थ्य समस्याबाट पीडित भएकाले उनीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरीएको हो । संस्थाले भारतका दुर्गम क्षेत्र, श्रीलंका, काश्मिर र नेपालका बिभिन्न क्षेत्रमा स्वास्थयलगायतका आपतकालिन सामाग्री प्रदान गर्दे आएको छ ।