काठमाडौँ — निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा(जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
एक साताका लागि पोखरा जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको हो तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भने,‘एक सातासम्म पोखरा मुस्ताङ टिकट बन्द गरिएको छ । यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्त वर्तौलाले जानकारी दिए ।
उडान गन्तब्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका बसै उडानहरू रद्द भएका हुन् ।


प्रतिक्रिया