काठमाडौँ — राष्ट्रवादी युवाले राखेको राजा वीरेन्द्रको शालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । वीरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएको थियो । युवाले ढुंगाले हान्दा चार प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेको हो।
२०६२र६३ को जनआन्दोलनमा वीरेन्द्रको शालिक तोडफोड गरिएपछि त्यहाँ शालिक थिएन। केही समयअघि पनि त्यहाँ राष्ट्रवादी युवाले शालिक राखेका थिए। प्रहरीले राति नै हटाइदिएको थियो। जनआन्दोलनका क्रममा हटाइएको त्रिभुवनचोकको शालिक भने पुन राखिसकिएको छ।


प्रतिक्रिया