देश

नेपाल एसोशिएसन अफ राफ्टिङ्गमा अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन


काठमाडौँ — देशभरका राफ्टिङ्ग व्यवसायीहरुको संस्था नेपाल एसोशिएसन अफ राफ्टिङ्ग एजेन्सिज नाराले शिव अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

राजधानीमा आज सम्पन्न राफ्टिङ्ग व्यवसायीहरुको ३३ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा मेघ बहादुर आले र शिव अधिकारीको उम्मेदवारी परे पनि सहमतीमा अधिकारी अध्यक्षमा चयन भएको हो । अन्य सबै पदमा भने निर्विरोध चयन भएका छन ।

जस अनुसार उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु खड्का, कोषाध्यक्ष्यमा राजेन्द्र थपलिया, सह(कोषाध्यक्ष्यमा इन्दुदेवी वाग्ले र सदस्यहरुमा मदन ढकाल र महेन्द्र श्रेष्ठ रहेका छन । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आजै प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराइएको छ ।