काठमाडौँ — अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । लामाको रिहाई भएपनि नायिका मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग सहित सर्वसाधरणले विरोध प्रदर्शन गरेका छन । मंगलवार चावहिलको केएल टावरमा अवस्थित एफक्युब सिनेमा हल दिनभर जसो तनावग्रस्त रह्यो । केएल टावर मात्र होइन नेपाल चलचित्र विकास बोर्डमा समेत केहि समय विरोध प्रदर्शन भयो । मिरुना मगर मुर्दावाद, चलचित्र कब्बड्डी ४’को प्रदर्शन बन्द गर भन्दै सर्वसाधरण अभिनेत्री मिरुना मगरविरुद्ध खनिएका थिए ।
चलचित्र कब्बड्डी ४ को पोष्टर च्यात्नेदेखि जलाउने सम्म गरेका थिए । अभिनेत्री मिरुना मगर चलचित्र कब्बड्डी ४’वारे प्रतिक्रिया लिन कब्बड्डी टिमसँगै काठमाडौंको सिभिल मलमा पुगेकी थिइन । फिल्म हलबाट बाहिर निस्कने क्रममा एक जना दर्शकले आफुमाथी दुव्यवहार गरेको भन्दै थप्पड हानेको र माफी माग्न लगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यो भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल मिरुना मगर विरुद्ध खनिएको छ । लामाको समर्थन गर्दै मिरुना मगरको विरोधमा चलचित्र प्रर्दशन नै रोक्नु पर्ने भन्दै विरोधभइरहेको छ ।
भिडियो अनुसार लामाको गल्ती नदेखिएको भन्दै सत्यतथ्य छानविनको माग प्रदर्शनकारीले गरेका छन् । मुगु घर भई काठमाडौको एक गुम्बामा अध्ययनरत लामामाथी भएको व्यवहार लज्जास्पद भएकाले यदि लामाको गल्ती नभए नायिकाले सार्वजनिक माफी माग्नुपर्ने प्रदर्शनकारीका माग छ । अभिनेत्रीको मौखिक उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएका लामालाई ३ हजार धरौटीमा मंगलवार नै रिहा गरेको थियो ।
लगत्तै अभिनेत्री मिरुना मगर र आरोपित लामाबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा फुर्पाले गल्ती स्वीकार गरेर अभिनेत्री समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरिदिएको उल्लेख छ । अभिनेत्री मगरले उतm घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेको सहमति पत्रमा उल्लेख छ ।


प्रतिक्रिया