काठमाडौँ — बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । २ गम्भीर घाइते भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाको वडा ८ छहारी क्लबमा ब ३ ख ५४३३को बसले ठक्कर दिँदा सोलुखुम्बु जिल्ला लिखिपिके गाउँपालिका १ काप्तिका ३१ वर्षीय पुटि शेर्पा घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी मृतका श्रीमान् र दुई वर्षका छोरी गम्भीर घाइते भएका छन् । घाइतेको नेपाल मेडिकल कलेजमा उपचार गरिरहेको प्रहरीले जानकारी दिएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बौद्ध प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया