काठमाडौँ — आफूमाथि यौन दुर्व्यवहार भएको बताउँदै आएकी अभिनेत्री मिरुना मगरविरुद्ध चावहिलको केएल टावरमा अवस्थित एफक्युब हल र नेपाल चलचित्र विकास बोर्डमा प्रदर्शन भएको छ । अभिनेत्री मगरले आइतबार एक लामाले भीडमा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै महानगरीय प्रहरी वृतमा उजुरी गरेसँगै केही व्यक्तिहरु प्रदर्शनमा उत्रेका थिए ।
अभिनेत्री मगरले उक्त लामामाथि गलत आरोप लगाएको भन्दै प्रदर्शनकारीहरु कब्बड्डी ४ को प्रदर्शन रोक्नुपर्ने भन्दै एफक्युबमा पुगे । उनीहरुले केएल टावरमा झुन्ड्याइएको फिल्मको पोस्टरसमेत जलाए । प्रदर्शनकारीले मगरले क्षमा माग्नुपर्ने भन्दै नारा पनि लगाए ।
एकजना लामा फिल्म हेर्न गएको रहेछन् । तर, मिरुनाले उक्त लामाले आफूलाई छुयो भनेकी छन् । जब कि त्यसबारे कुनै सिसिटिभी फुटेज बाहिरिएको छैन,प्रदर्शनमा भेटिएकी जनजाति चलचित्र संघको पूर्व उपाध्यक्ष सुकुमाया लामाले भनिन् उनले लामालाई थप्पड लगाएकी रहिछन् । त्यसमा हाम्रो आपत्ती छ । कब्बड्डी ४ बन्द होस् । मिरुनाले माफी माग्नुपर्छ । हाम्रो माग पूरा नभएसम्म हामी फिल्म चल्न दिँदैनौं । प्रदर्शनपछि एफक्युबको मंगलबारको सबै सो रद्द गरिएको छ ।


प्रतिक्रिया