काठमाडौँ — आइतवार मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त तारा एअरको ९ एन एईटी जहाजमा सवार २१ यात्रुको शब फेला परेको छ । विमानमा चालक दलका ३ सदस्यसहित २२ जना यात्रु रहेका थिए । मृतकका परिवार र आफन्तजन यति भावविहोल अवस्थामा छन् । आइतवार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एन एईटी जहाज एकाएक सम्पर्कविहिन भयो । खराव मौसमका कारण आइतवार खोजी कार्य असफल बन्यो । विमान सोमबार बिहान थासाङ गाउँपालिका–२ मानापाथी हिमालको फेद सानुशरेमा टुक्राटुक्रा अवस्थामा फेला प¥यो ।
विमानमा सवारमध्ये २१ ज्नाको शव फेला परेको छ । मृत्यु हुनेमा धनुषा मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका ७ जना छन । मृत्यु हुनेमा राजन कुमार गोले सहित उनका आमा बुबा, इन्द्र बहादुर गोले, राममाया गोले, मामा माइजु मकर बहादुर तामाङ, सुकुमाया तामाङ र सानुबुवा सानी आमा पुरुषत्तोम गोले, तुलसा ग्यावा तामाङ छन । शनिवार मुतिmनाथ यात्रामा निस्किएका तामाङ परिवारका यो नै अन्तिम यात्रा बन्यो । यत्ति बेला मकलवारीस्थित गोले निवास शोकमा डुवेको छ । परिवार आफन्तजन पिडाले छट्पटाई रहेका छन । राजनका श्रीमती दुई छोराछोरी छन ।
राजनका मामा दमन सिंह लामालाई आफ्नो दाजुभाउजु, दिदी भेनाजु, बहिनी जुवाई र भान्जा दुर्घटना परेको समाचार सपना जस्तो लागेको थियो । जहाज दुर्घटनामा परेको खबर पाउन साथ धनुषाबाट रातारात काठमाडौ आईपुगे । तर सोमवार विहानदेखि उनको सपना सपना नभई वास्तविकतामा परिणत भएको छ । राजन र युकेमा रहेका राजनका भाई मनोज गोलेको योजना अनुसार सबै दाजुभाई मिलेर परिवारका ठुला मान्छेहरुलाई मुतिनाथ दर्शन गराउने योजना बनेको थियो । सुरेश लामाका आमा बुबा राजनका मामा माइजु केहि दिन अघि मात्र मुतिनाथ दर्शन गर्नेकै लागि धनुषाबाट काठमाडौ आएका थिए । आफ्ना आमा बुवासँगै आमा बुवा जस्तै फुपु फुपाजु दाई राजन एकैसाथ गुमाउनको पिडा उनको अनुहार देख्न सकिन्थ्यो । राजन परिवारकै अविभावक थिए ।
धुनुषाका तामाङ परिवार सहित दुर्घटनाग्रस्त तारा एयरको विमानमा ३ परिवारका सबैजसो सदस्य परेका छन् । अमेरिकामा पिएचडी अध्ययनमा गएकी रोजिना श्रेष्ठ छुट्टी मनाउन नेपाल आएकी थिइन् । यहि अवसरमा मुतिmनाथ यात्रामा निस्केका श्रेष्ठ परिवारका सपरिवार थिए । यस्तै दुर्घटनामा परेका ४ जना भारतीय नागरिक वैभवी बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी पनि एकै परिवारका थिए । विमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेस किस्मी थापा थिए ।


प्रतिक्रिया