काठमाडौँ — काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेकी छिन्। बागदरबार स्थित महानगरपालिका कार्यालय पुगेर उनले पदभार ग्रहण गरिन्। उपप्रमुखको पदभार ग्रहण गरेपछि उनले सबै मिलेर काठमाडौंको निर्माणमा जुट्न आग्रह गरिन्। महानगरमा स्वतन्त्र सहित विभिन्न दलका उम्मेदवार पनि विजयी भएको बताउँदै उनले अब महानगरको सफलतामा सबै जुट्नुपर्ने बताइन्।
जो जहाँबाट निर्वाचित भएर आए पनि अब हामी सबैको ध्येय टिम वर्कमा हुनुपर्छ उनले भनिन्, अब कुनै एक व्यक्तिको सफलता भन्दा संस्थालाई सफल बनाउन लाग्नुपर्छ। महानगर सफल भए हामी सबैको जित हुन्छ।’ उनले यसअघि काठमाडौं महानगरपालिकाको उपप्रमुखको शपथ नेपाल भाषामा लिएकी थिइन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।
नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए । साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो । उनले अघि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र ९बालेन० साहले सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे । प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथपछि सोमबार प्रमुख साह र उपप्रमुख सुनिता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्दैछन् ।


प्रतिक्रिया