काठमाडौँ — मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए । विमानमा सवार १ जनाको अवस्था अज्ञात छ ।
शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए । विमानमा सवार १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी गरिरहेका छन् ।


प्रतिक्रिया