काठमाडौँ — नयाँ सवारी चालक अनुमतिपत्र लिनका लागि यसअघि परेका सबै अनलाइन आवेदनहरू रद्ध भएका छन् ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सोमबार९आज० साँझबाट नयाँ अनलाइन प्रणाली सुरु हुने जानकारी दिएको छ ।
‘सवारी चालक अनुमति पत्र ९नयाँ तथा वर्ग थप० गर्नका लागि हालसम्म परेको अनलाइन आवेदन आजदेखि रद्द गरी जेठ १६ गते सोमवार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरू हुने भएकाले नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि अप्लाईडीआई डट डओटीएम डट जीओभी डट एनपीमा लगइन गरी नयाँ आवेदन फारम भर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ,’ विभागले जारी सूचनामा भनिएको छ ।
त्यस्तै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को हप्ताको सोमबारबाट खुला गरिने विभागले जनाएको छ ।


प्रतिक्रिया