काठमाडौँ — तारा एयरलाइन्सको विमानको भग्नावशेष सोमबार बिहान फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो ।
विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको यकिन भइरहेको छ । विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए ।
नेपालस्थित भारतीय दूतावासले ठाणेका अशोक त्रिपाठी ९५४०, उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी ९५१०, छोरा धनुष त्रिपाठी ९२२० र छोरी ऋतिक त्रिपाठी ९१८० पनि यात्रा गरेको जनाएको छ ।


प्रतिक्रिया