Breaking

चालू आर्थिक वर्षमा ७.३९ प्रतिशत मूल्यवृद्धि कायम हुने

योहो संवाददाता

काठमाडौँ — चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश भएको छ ।

आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका थिए । अहिले बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।