Breaking

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिदै

योहो संवाददाता

काठमाडौ — अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताउनु भएको हो ।

त्यस अवसरमा उहाँले आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीता तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट रहेको पनि बताउनुभयो । अर्थमन्त्री शर्माले भन्नु भयो, ‘प्रस्तुत बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीको तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत गरेको छु । सबै नागरिकको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने कुरालाई बजेटमा केन्द्रित गरेको छु । अर्थमन्त्री शर्माले अहिले बजेट प्रस्तुत गरिरहनु भएको छ ।

https://fb.watch/dj1-AvQPTq/