समाचार

कपिलवस्तुमा ट्याक्टरले साइकललाई ठक्कर दिदा १ को मृत्यु

योहो संवाददाता

काठमाडौँ — कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय बाल मुकुन्द चौधरीको घटना स्थलमा मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ बनवामा लु ४ त २५४५ नम्बरको ट्याक्टरले साइकलमा सवार रहेका चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताए । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोली खटिएको छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।