कपिलवस्तु — कपिलवस्तुको मायादेवी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कक्षा ८ का ५२ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि किशोरीलाई साइकल वितरण गरिएको गाँउपालिका अध्यक्ष वालिउद्धिन मुसलमानले बताए । छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत आरक्षणको व्यवस्थामा जोड दिन साइकल वितरण गरिएको उनले बताए ।

साइकलले विद्यालयमा टाढाटाढाबाट आउने छात्राहरुलाई अध्ययनमा धेरै सहज हुने र शिक्षाको गुणस्तर सुधारमा मद्दत पुग्ने गाँउपालिकाकी उपाध्यक्ष सरस्वती यादवले बताइन । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ आफूहरु अघि बढ्ने उनले बताइन ।



प्रतिक्रिया