Breaking

आपत्तिजनक समाचार नहटाए कानुनी उपचारमा जाने करिश्मा मानन्धरको चेतावनी


काठमाडौँ — स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् । उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् ।

करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिललाई जानकारी समेत गराएकी छन् ।

‘करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका समाचार र सामाजिक सञ्जालमा समेत यस्तै आशयका पोस्ट आएकाले त्यसलाई हटाउन र अटेर गरे कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।