Breaking

पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदैनन् नीति तथा कार्यक्रम यही हो ?: अध्यक्ष लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले ठूला भनिएका राजनीतिक दलहरु जनताबाट धेरै टाढा भइसकेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद‍्मा भाग लिँदै सांसद लिङ्देनले ठूला भनिएका पार्टीहरु भोटको आधारमा ठूला भएपनि जनताको मूल्यांकन आधारमा धेरै टाढा भएको बताए।

उनले सरकारको नीति तथा कार्यक्रम नेताको स्वार्थ केन्द्रित भएको आरोप लगाए ।
उनले भने, देशको नीति कार्यक्रम यहि हो पैंसा तिरेर एक बोरा मल किन्न पाइँदैन । पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदैनन् ।

नीति तथा कार्यक्रमले यो विषय समेटिनुपर्ने होइन र प्राथमिकताका आधारमा सरकारको कार्यक्रम आउनुपर्ने होइन र रु प्रधानमन्त्रीज्यूको गृह जिल्लामा मेडिकल कलेज स्थापना हुन्छ । मन्त्रीज्यूको जिल्लामा कार्यक्रम जान्छ । के यहि हो नीति तथा कार्यक्रम ।ु