Breaking

मेयर रेनु दाहाल सवार गाडी दुर्घटना


काठमाडौँ — भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।

गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ ।

उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।