Breaking

नाक, कान घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीतिहरु बनाउनुपर्छ : राष्ट्रपति भण्डारी


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाली क्षेत्रमा नाक, कान घाँटी रोगको एउटै प्रकृति हुने गरेको बताएकी छन् । शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले नाक, कान घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीतिहरु बनाउनुपर्ने सुझाव दिइन् ।

उनले यस सम्मेलनबाट प्राप्त निष्कर्षहरुले सबैलाई मार्गदर्शन दिने विश्वास समेत व्यक्त गरिन् । दक्षिण एसियामा रोग, भोक, गरिबी र बेरोजगारी साझा चुनौती भएको बताउँदै उनले नेपालमा नाक, कान र घाँटी रोगको विषेश उपचार पद्धतिलाई ग्रामिण तहसम्म लैजानका लागि ठूलो चुनौती रहेको बताइन् ।