Breaking

बाराको निजगढ विमानस्थल नबन्ने, साढे ३ अर्बलगानी पानीमा

योहो संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण सम्बन्धी सरकारका सबै काम बदर गरेसँगै विमानस्थल आयोजनाका लागि अहिलेसम्म खर्च भएको साढे ३ अर्ब रुपैयाँ खेर गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार विमानस्थल आयोजना सुरु भएयता साढे तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ । ‘यो एक दूर्भाग्यपूर्ण फैसला हो,’ उनले भने, ‘२०५१ सालमा देशभर गरिएको विस्तृत अध्ययनबाट टुंगो लागेको स्थानमा आयोजना नबनाउनु भन्नासाथ यसको तयारीका लागि भएको साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको खर्च खेर जानेछ ।’

ती अधिकारीका अनुसार विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका ११० बिघा जग्गाको मुआब्जामा ठूलो रकम खर्च भएको छ । विमानस्थलले चर्चेको चार किल्ला भित्रका लागि संरचना निर्माण, वातावरणीय प्रभाव अध्ययन, गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन निर्माणका क्रममा उक्त रकम खर्च भएको हो । यस विमानस्थल परियोजना भित्र सीमाना छुट्याउन ५०र५० मिटरमा कंक्रिटको पोल बनाइएको छ ।