काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झण्डै तीन घण्टा संसदलाई सम्बोधन गरेका छन् । सरकारको बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्न रोस्टममा उभिएका ओलीले अधिकांश समय पाँच दलीय गठबन्धन सरकारको विरोध गर्न खर्चिएका छन् । चुनावमा धाँधली, बम पड्काएर प्रमुख प्रतिपक्षी एमालेलाई निषेध गरेर चुनाव जितेकोदेखि सरकारले दण्डहीनताको राजनीति चलाएको समेत ओलीले आरोप लगाए ।
सो अवसरमा ओलीले पार्टी विभाजनको आरोप लगाउँदै ऐन विपरित सरकारले अध्यादेश ल्याएर सभामुख समेत लागेर एमाले विभाजन गरेको आरोप लगाए । आगामी आर्थिक वर्ष २०७९र८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रम आशै आशको पुलिन्दा भएको आरोप लगाए । सोही अवसरमा ओलीले तथ्याङ्क नभएर मिथ्याङ्क प्रस्तुत गरेको समेत आरोप लगाए ।


प्रतिक्रिया