देश

लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हो: करिश्मा मानन्धर

योहो संवाददाता

काठमाडौँ — अभिनेत्री तथा नेकपा एमाले नेत्रृ करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताएकी छन् । जनताले आफ्नो भविष्य देखेको तिर नै मत दिने धारणा उनको रहेको छ । सामाजिक संजालमा एक लामो पोष्ट गर्दै अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बोलेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई समेत दिएकी छन् । उनले साह र डङ्गोल काठमाडौं बासीको रोजाई भएको समेत बताएकी छन् ।


लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ ।

जनताको मत तेतातर्फ आकर्षित हुन्छ जाहा जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् । काठमाडौँ महानगरवासी जनताको रोजाइ , हुनै लागेका नयाँ मेयर बालेन साहालाई बधाई तथा सफल कार्यकालको शुभकामना छ । हुनै लागेकी , उप९ मेयर नेकपा एमाले कि नेत्री क। सुनिता डङ्गोललाइ बधाई तथा सफल कार्यकालको शुभकामना ।

मेरो विचारमा सबै लोकतान्त्रिक विचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ । युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो । सबै दलहरूको चुनावी प्रयास भनेको आफ्ना नीति योजनाहरू जनता सामु पुर्‍याउनु र आफ्नो पार्टीलाई अत्यधिक मतले विजयी बनाउनु नै हुन्छ । जनमतको क्रममा ठुला दल अत्यन्तै सानो भएर खुम्चिनु

अनि सानो दल ठूलो जनमतले अचानक आगाडि आउने घटनालाई , जनताले लोकप्रिय र विकासोन्मुख पार्टी रोजेछ भन्नसकिन्छ । तर यो स्थानीय चुनावमा तेस्रो भएको होइन । यो चुनावको परिणाम मिश्रित छ। पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबन्धन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एकलै भएपनि दोस्रो र गठबन्धनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल ।

जनताको चाहाना नयाँ उम्मेदवारहरू तर्फ झुकेको छ । धरानमा हर्क साम्पाङले जित्नु , विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रूपमा लिन सकिन्छ । हरेक पार्टीले यो सत्यलाई मनन् गर्नुपर्छ । म आफू पनि नेकपा एमालेको पक्षधर भएकोले केही मनमा लागेको कुरा राख्दै छु, यो एउटा नागरिकको हिसाबले सुझाव पनि राख्दै छु । किनभने नागरिकले निष्पक्ष विश्लेषण गर्दछ। नयाँ सदस्य भएको कारण आन्तरिक कुरा कम थाहा हुनसक्छ

तर पार्टीको गरिमा बढेको हेर्न चाहाने भएकोले र यो मुलुकको विकास गर्न एमाले पार्टी सक्षम भएको आफ्नो विश्वासले अनि आफ्नो कार्यकालमा एमालेको सरकारले गरेको कामबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको कारण यो कुरा राख्दै छु । पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठ्यारोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निःस्वार्थ समीक्षा गर्नुपर्छ होला र त्यसलाई सच्याएर अगाडि जानुपर्छ । किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुँदाहुँदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तर्घातका कारण यथोचित सफलता हासिल गर्न सकिएन । धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रह्यो । मुख्य नेतृत्वले तल सम्मको स(साना कामकारवाहीमा थोरै भए पनि जानकारी लिनुपर्छ होला १ कतै कतै उमेदवारहरूको छनोट पो गलत भयो कि ११

समय परिवर्तनशील छ , हिजो जे थियो आज छैन ,आज जे छ भोलि हुँदैन । त्यसैले हिजोको एमालेलाई , आज र भोलि उस्तै सदाबहार बनाउन हामीले आफूलाई परिवर्तन गर्नुपर्छ । आउँदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्‍याउनु पर्छ । चुनावमा एमालेका नेता कार्यकर्ताले जुन ऊर्जाका साथ दिनरात नभनेर मेहनत गरेको देखे त्यसबाट धेरै कुरा सिक्ने मौका पाए । विजय हासिल गर्नुहुने सम्पूर्ण कमरेडहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना

अन्त्यमा

हामी जे गर्छौ राष्ट्रिय हितको लागि गर्छौ ।