Breaking

दुई महानगरसहित ३२५ पालिकामा कांग्रेस

योहो संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले दुई महानगरसहित ३२५ पालिका नेतृत्वसहित सदस्यमा पनि सबैभन्दा बढी जित हात पारेको छ । दोस्रोमा नेकपा एमालेले २ उपमहानगरसहित २०३ पालिका जितेको छ भने तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १ महानगरपालिकासहित १२१ पालिका जितेको छ ।

जसपाले १ महानगरसहित ३० पालिका जितेको छ । १ महानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा आएको लोसपाले १६ पालिका जितेको छ । यस्तै, राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिकामा जितेका छन् । जनमत पार्टीले २ तथा नेमकिपा, तमलोपा, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १–१ पालिका जितेका छन् । यस्तै १२ वटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।