काठमाडौँ — काठमाडौँ महानगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनुले आफ्नो जित पक्का भएसँगै विजय जुलुस नगर्न सबैलाई आग्रह गरेका छन् ।
बालेनले १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी हुँदा उहाँले २० हजार मतको अग्रता बनाइ सकेको छ । योसँगै बालेनको जित हुने सुनिश्चित भएको छ । जित निश्चित भएसँगै बालेनले आफ्नो चुनावी प्रक्रियामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आआफ्नो ठाउँबाट सबैले धन्यवाद र्याली निकाल्ने तर विजय जुलुस नगर्न आग्रह गरेका छन् ।
आफूले चुनावी घोषणापत्रमा उल्लेख भएका काम पूरा गर्न सकेको दिन मात्र विजय जुलुस निकाल्न आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया