Breaking

बजारमा नुनदेखि सुनसम्मको मूल्य आकासियो, व्यापारी मोटाए, श्रमजीवी वर्ग संकटमा


काठमाडौँ — बजारमा नुनदेखी सुनसम्मको मूल्य आकासिएको छ । हरेक वस्तुको मुल्यवृद्धिले व्यापारी मोटाएका छन् भने मारमा श्रमजीवी वर्ग परेका छन् । अहिले बजारमा दैनीक उपभोग्य सामानको मूल्य आकासिएको छ । आकासिदो मुल्यवृद्धिले व्यापारी मोटाएका छन् भने मारमा श्रमजीवी वर्ग परेका छन् । यद्दपी मूल्य नियन्त्रणमा भने लोकतन्त्रमा जनताको अभिभावक ठानिएको सरकार निष्प्रभावी बन्दै गएको छ । गरिब निमुखा जनताको ढाड सेकिँदा समेत पाच दलीय गठबन्धनको सरकारले रमिते बन्ने बाहेक माखो मार्न सकिरेहको छैन् ।

यस्तो मूल्यवृद्धिले सीमित व्यापारी, व्यवसायी, उद्योगी र बिचौलियालाई सहज हुने गरेको छ भने खासगरी न्यून आय भएका श्रमजिवी र निमुखा जनता भने मारमा परेका छन् । यतिबेला पेट्रोलियम पदार्थको मूल्य पनि आकासिएर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । तथापी सडकदेखी आम जनताले मूल्य नियन्त्रणका लागि गुहार मागिरहँदा पनि सरकार भने मूल्य घटाउन सक्ने अवस्था नरहेको भन्दै हलुका जवाफ दिएर उम्किने प्रयासमा छ ।

बेला मौकामा मंहगी नियन्त्रका लागि तातिने विद्यार्थी संगठनको दवाब मुलक कार्यक्रम कुनै प्रभावकारी बन्न सकिरहेको छैन । यद्दपी उनीहरुले पेट्रोलियम पद्धार्थमा विभिन्न बहानामा लगाइएको अत्याधिक कर बारे पुर्नविचार गर्न, वैकल्पिक ऊर्जाको खोज, अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन र काम गर्न, पेट्रोलियम पद्धार्थमा भएको भारतीय एकाधिकार खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट आपूर्ति गर्न सरकारलाई दवाब भने दिईरहेका छन् ।

दैनीक उपभोग्य वस्तुको बजारभाउ आकाशिँदा निम्न वर्गिय नागरिककोे दैैनिकी कष्टकर बन्दै छ । तर नियमनकारी निकाय सधै मौन छ भने उपभोतmा हितका लागि काम गर्ने नागरिक समाज पनि निष्किृय छ । मुल्यवृद्धि किन भयो ? यसमा सरकार र सरोकारवाला निकायको कुनै चासो छैन ।