काठमाडौँ — ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं १ का विमल कार्कीको वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भीरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताएका छन् ।
एमाले नेता एवं ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग मंगलबार गृह मन्त्रालयमा कुराकानी गर्दै गृहमन्त्री खाँणले छानबिनमा कोही दोषी देखिएका कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो ।
ताप्लेजुङमा वैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’ प्रतिनिधि मण्डलका तर्फबाट प्रतिनिधिसभा सदस्य एमाले नेता भट्टराईले कार्की मृत्युको घटनाको विशेषरूपमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।


प्रतिक्रिया