काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिकामा मत गणना सुरु गर्ने तयारी गरिएको छ । गत वैशाख ३० गते मतदान भएपछि दुई पक्षबीच विवाद भएपछि मतगणना रोकिएको हो ।
विवाद चुलिएपछि निर्वाचन आयोगले छानविन गरेपछि मतगणना सुरु गर्न निर्देशन दिएको हो । मंगलबार बिहान सर्वदलीय बैठक बसेपछि मत गणना सुरु गर्ने तयारी गरिएको नेपाली काँग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेतले बताए ।
‘बिहान सर्वदलीय बैठक बसियो । अब मतगणना सुरु गर्ने तयारी हुँदैछ’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘मतगणना स्थलमा सबै दलका एजेण्टहरु भित्र जाँदैछन् । एक छिनमा मतगणना सुरु गर्छौ ।’


प्रतिक्रिया