Breaking

हर्क साम्पाङको चुनावी सन्देश : तडकभडक नगर्ने आग्रह



काठमाडौँ — सुनसरीको धरान बजारका प्रायः घरका छतमा अहिले पनि काँग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक पार्टीको चुनाव चिह्न अंकित झण्डा देखिन्छन् । निर्वाचनको माहोल छाउँदै जाँदा राजनीतिक पार्टीहरुले कुनै बहुराष्ट्रिय कम्पनीको नयाँ ब्राण्डको विज्ञापन जस्तो चुनाव चिह्नको प्रचार गरिरहेका हुन्छन् ।

आचार संहिताको धज्जी उडाउँदै तडकभडकपूर्ण ठूलाठूला सभा, ¥याली र भोजभतेर पनि गर्छन् । धरानमा यस पटक पनि दलहरुले यस्तै गरे । तर, जसले धरानको नगरप्रमुखमा चुनाव जिते उनको पक्षमा न चुनाव चिह्न कसैको घरका छतमा देखिए । न त तडकभडक पूर्ण भोजभतेर र सभाहरु नै भए ।


धरान उपमहानगरपालिकाको प्रमुख पदमा चुनाव जितेका हर्क साम्पाङको निर्वाचन प्रचार शैली अरुका लागि उदाहरणीय हुनसक्छ । काठमाडौंमा बालेन साहको चुनाव प्रचार आम सञ्चार माध्याममा केन्द्रित छ । उनी आफै सेलिब्रेटी थिए । निर्वाचनको क्याम्पेनिङ सोही अनुसार गरे । तर, धरानका हर्क साम्पाङले सामान्य तर सशक्त ढंगले गरेको चुनाव प्रचार शैली सिर्जनशील नेतृत्व लिन चाहनेहरुका लागि उदाहरणीय हो ।