काठमाडौँ — झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । १२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उमेदवार छत्रपति सुवेदी निर्वाचित भए ।
उनले नेपाली कांग्रेसका रोहित कुमार शाहलाई पराजित गरे । शाहले ११ हजार ४४८ मत प्राप्त गरेका हुन् । शाह यसअघि सोही नगरको नगर प्रमुख हुन् ।
उपप्रमुखमा पनि एमालेका उमेदवार जलवर्षा राजवंशी विजयी भएकी छन् । राजवंशीले ११ हजार ९१४ मत प्राप्त गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरेकी हुन् ।


प्रतिक्रिया