काठमाडौँ — सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन सार्वजनिक बिदा दिएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा निर्वाचित पदाधिकारीको विजय उत्सव कार्यक्रम रहेको भन्दै पालिकाले बिदा दिएको हो । पालिकामा नवनिर्वाचित अध्यक्ष अध्यक्ष दिनेश कुमार यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ ।

रुपनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादीबाट दिनेश कुमार यादब अध्यक्षमा र पुष्पाकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया