समाचार

सपथ लिँदै माप्यदुधकोशीका जनप्रतिनिधिले सम्हाले कार्यभार


काठमाडौँ — सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । आज आइतबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहकाबिच गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उपाध्यक्ष गौरव राईसहित वडाध्यक्षहरु र सदस्यहरुलाई शपथ दिलाउनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस सन्तोषप्रसाद पराजुलीबाट सपथ लिएका गाउँपालिका अध्यक्षमा पुन निर्वाचित बुद्धिकिरण राईले गाउँपालिकामा निर्वाचित अन्य जनप्रतिनिधिहरुलाई ५ वर्षे कार्यकालका लागि शपथ दिलाएका हुन् । शपथ लगत्तै पालिकाका जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारी सम्हाल्न कार्यालयतर्फ लागेका छन् ।

सो समारोहमा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सबै जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन् । गाउँका जनतालाई सहज हुने तरिकाबाट कार्यसम्पादन गर्न र विकास निर्माणका योजनाहरुलाई पारदर्शी, छिटो छरितो र गाुणस्तरीय रुपमा सम्पन्न गर्न सक्रिय रहन आग्रह गरे ।