समाचार

कलैया उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ


काठमाडौँ — कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् । कार्यक्रममा नव निर्वाचित मेयर बिनोद साहलाई मुख्‍य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए ।

त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर र सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका छन् । कार्यक्रममा स्वागतपछि जनप्रतिनिधिहरुलाई अबिर र फूलमालाले कार्यकक्षमा स्वागत गरिएको थियो ।