काठमाडौँ — शैक्षित्र सत्र सुरु भईसक्दा यसपटक पनि पाठ्यपुस्तक अभावको पराम्परागत समस्या दोहोरिएको छ । स्थानीय चुनावको मतपत्र छपाइका कारण किताब छपाइमा ढिलाइ हुदाँ विद्यार्थी मारमा परेका छन् । संघिय राजधानी काठमाडौमै पुस्तक अभाव देखिदाँ दुर्गम भेगमा कहिले किताब पुग्छन भन्ने अर्को प्रश्न जन्मिएको छ । किन दोहोरिन्छ बर्षेनी किताब अभावको समस्या ? केहि समय सामाजिक सन्जालमा एक भनाई चर्चित बनेको थियो ।
देश चुनावी माहोलमा व्यस्त बन्दा र जनक शिक्षा सामाग्री केन्द्र मतपत्र छपाईमा व्यस्त रहँदा सोधिएको थियो – एक हप्तामै छापिने र देशको कुनाकुनामा पुग्ने मतपत्र जस्तो किन हुँदैन किताब ? वर्षेनी नयाँ शैक्षिक सत्र सुरु हुदाँ देखिने यो परम्परागत समस्या सम्झिएको केहि हप्ता नवित्दै प्रश्न सार्थक देखिएको छ । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु भएपनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थीलाई कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको छ । विशेष गरी कक्षा ४, ७ र ९ मा सरकारले नयाँ पाठ्यपुस्तक लागू गरेको छ ।
तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरुमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक उपलब्ध हुन सकेको छैन । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रका अनुसार अझै ठुलो मात्रामा किताब छाप्न बाँकी नै रहेको छ । विगतमा शैक्षिक सत्र सुरु भएको ६ महिनासम्म पनि दुर्गममा पुस्तक नपुग्ने गरेकोमा अहिले संघिय राजधानी काठमाडौँमा नै पुस्तक अभाव देखिएको हो ।
सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० सम्म कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको थियो । सोही अनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागु हुँदैछ । यहि अवस्था रहे अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरुको बुझाइ छ । यता शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईराला भने यसलाई पराम्परागत रोग भएको बताउछन् । यो अवस्था बर्षेनी दोहोरिदाँ पनि समाधानको बाटो नखोजिनुमा कमिसनको खेल मुख्य कारण रहेको उनको भनाई छ ।
शिक्षा मन्त्रालयसंग कति किताव छाप्ने भन्ने सम्मको तथ्याङ नरहेको बताँउने कोईरालाले विकल्पमा जानसक्ने सम्भावना रहेको बताउछन् । अघिल्ला शैक्षिक सत्रको किताव संकलन देखि अनलाईमा सफ्ट कपि राख्ने तथा पुस्तकालय व्यवस्थापन जस्ता विकल्पमा ध्यान नपुग्दा यस्तो समस्या बर्षेनी दोहोरिने उनको बुझाई छ । हुन त किताव हेरेर पठाउने र किताबकै भारी नबोके अध्ययन अध्यापन नहुने सोच परिवर्तन गर्न आवश्यक रहेको तर्क पनि धेरैको छ ।
तर नयाँ शिक्षामन्त्री आउनासाथ गरिने यो शैक्षिक सत्रमा पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुग्ने बाचामाथि भने प्रश्न गर्न जरुरी छ । गज्जब त के छ भने बजारमा पाठ्यपुस्तकको यत्तिका समस्या हुदाँ पनि छपाईको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक ई अनिलकुमार झा र सुचना अधिकारी चित्रकुमार आचार्य घर विदामा छन । सन्चारमाध्यमा नवोल्ने बताउने उनीहरु जस्तै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा पनि जवाफ दिनबाट पन्छिने गरेका छन ।


प्रतिक्रिया