देश

विजय जुलुसमा सहभागी चढेको गाडी दुर्घटना


काठमाडौँ — वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसमा सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

एमालेबाट वडा अध्यक्ष निर्वाचितको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । ु२५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो, जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीले जानकारी दिए ।

बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको पल्टिएको हो । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।