काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार शंखरापुर नगरपालिका–३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो ।
५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । निसास्सिएर मृत्यु हुनेको संख्या बढेपछि विज्ञहरूले कोइला बालेर नसुत्न सुझवा दिएका छन् ।
याे पनि : ग्याँस बुलेटले च्यापेर भारतीय चलकको मृत्यु
यसैबीच, काठमाडौँको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।


प्रतिक्रिया