देश

ग्याँस बुलेटले च्यापेर भारतीय चालकको मृत्यु


काठमाडौँ – राजधानीस्थित बालाजु औधोगिक क्षेत्रमा रहेको नेपाल ग्याँस उद्योगमा ग्याँस बुलेटले च्यापिएर भारतीय मुलकका ४५ वर्षीय चालक दिलिप राजवंशीको मृत्यु भएको छ ।

कलकत्ताका उनी आज बिहान करिब पौने तीनबजे तिर अर्काे ग्याँसको बुलेटले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास अनलोड गरेर बुलेटको अगाडी भागको सिसा सफा गरिरेको राजवंशीलाई अर्काे बुलेटले च्याएको थियो ।

कलकत्ता स्थायी घर भएको राजवंशीको शव पोष्टमार्टमका लागि हाल त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।