काठमाडौं– सत्तारुढ दल रास्वपाका २० जना सांसद यतिबेला चीन भ्रमणमा छन् । तर उनिहरुलाई चिन्ता भने आगामी निर्वाचनमा पार्टीलाई कसरी जिताउने भन्ने नै छ । त्यसमा पनि नेपाली कांग्रेसको आधिकाकिताको विषयले उनिहरुलाई पिरोली रहेको छ । उनीहरूको चासो विकास, सुशासन र जनजीविकाका मुद्दाभन्दा कांग्रेसभित्रको राजनीतिक समीकरणमा बढी केन्द्रित देखिन्छ । कांग्रेसभित्रको विवादलाई आफ्नो राजनीतिक लाभका लागि उपयोग गर्ने रणनीतिमा रास्वपा देखिन्छ । उनिहरु कामले अब्बल भएर भन्दा पनि अरुलाई कमजोर बनाएर आफु बलियो बन्ने र स्थानिय तह र प्रदेशमा कव्जा जमाउने दाउ खोजीरहेका छन् । यो पार्टी देउवालाई आधिकारिकता दिएर कांग्रेसलाई कमजोर पार्ने र केपी ओली र महेश बस्नेतलाई देखाएर फाईदा लिने दाउमा देखिन्छ । अर्थात् देउवा पक्षलाई आधिकारिकता प्राप्त हुने परिस्थितिबाट कांग्रेसभित्र थप असन्तुष्टि र विभाजन पैदा हुने र त्यसको राजनीतिक लाभ आफूले लिन सक्ने बुझाइमा रास्वपा छ । अर्काेतर्फ केपी शर्मा ओली र महेश बस्नेतजस्ता नेताहरूलाई राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा राखेर आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति पनि रास्वपाले अपनाउन खोजेको देखिन्छ ।
Breaking


प्रतिक्रिया