काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।
भर्खरै सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक उपाधि जितेको हो । सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बन्यो ।विजेता बनेसँगै १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले ८० लाख रुपैयाँमा चित्त बुझायो ।१५६ रनको लक्ष्य १३.३ ओभरमा बिना विकेटको क्षतिम भेट्टायो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले आक्रामक शतक बनाए । उनी १२५ रनमा नटआउट रहे ।
उनले १२ छक्का र ८ चौका प्रहार गरे । यस्तै विनोद भण्डारी ३० रनमा अविजित रहे ।सुदूरपश्चिमले पहिलो ओभरमा आक्रामक ब्याटिङ गर्दै १२ रन जोड्यो ।सुदूरपश्चिमले शानदार सुरुवात गर्दै ३ ओभरमा कुनै विकेट नगुमाई २५ रन बनायो । ओपनरद्वय जर्ज मन्से र विनोद भण्डारीले सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका हुन् ।मन्सेले ६.४ ओभरमा जीवनदान पाए । लुम्बिनीका सन्दीप जोराले उनको क्याच मिस गरे ।
मन्सेले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अर्धशतक बनाए ।सुदूरपश्चिमले १० ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ९० रन बनायो ।


प्रतिक्रिया