Breaking

इनमको अडियोः कांग्रेस आधिकारिकतामा फेरि लफडा, देउवाले १८ करोड भनेपछि गगन पक्षको काउन्टर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– सित्तिमिति सार्वजनिक कार्यक्रममा नदेखिने र देखिहाले पनि लाम्बा चौडा भाषण गर्न नरुचाउने कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा धेरैपछि शनिबार एक पार्टी कार्यक्रममा उपस्थित भए । काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा देउवा सहभागी मात्रै भएनन् लामै भाषण पनि गरे । उमेरले आठ दशक नाघिसके पनि उभिएरै ११ मिनेट भाषण गरेका देउवाले आफ्नो राजनीतिक उतारचढावसँगै पार्टीभित्रको समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा प्रस्तुत गरे । खासै अरू नेताहरूप्रति छुच्चो नबोल्ने देउवाले यस पटक भने छुटिएर गएको कांग्रेस सभापति गगन थापामाथि नमच्चाले व्यंग्य कसे । ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भने झै हाल गगनको पछि हरकोही हात धोएर लागि पर्दा देउवाले पनि १८ करोडमा पार्टी किनिदिएको भन्दै कटाक्ष गरेका हुन् । देउवाले बोल्दै गर्दा उनको हाउभाउ र भावभङ्गीले करोडौंको खेलले पार्टी किनबेच भएकोमा आश्चर्य मान्दै पैसाको लेन देन भएको स्पष्ट भएको बताएका थिए ।