काठमाडौं— रुस–युक्रेन युद्ध ३ वर्षभन्दा बढी लम्बिएपछि युक्रेन थाकिसकेको छ । सहरहरू ध्वस्त छन् । पूर्वी युक्रेनका ठूला–ठूला भूभाग रुसको नियन्त्रणमा छन् । अन्ततः युक्रेन वार्ताको टेबलमा बस्न बाध्य भयो । अमेरिकाले खुला रूपमा साथ दिएको भए पनि अन्तिम क्षणमा युक्रेनलाई आफूले रक्षा गर्न नसक्ने स्पष्ट संकेत दिएको छ । यसपछि युक्रेनले अनिच्छुक भएरै भए पनि केही सीमाक्षेत्र रुसलाई सुम्पनुपर्ने परिस्थिति बन्यो । अमेरिकी हतियार, अमेरिकी सहयोग र अमेरिकी वाचा, तर मैदानमा उभिएका थिए– युक्रेनी जनता; आफ्नो माटो, आफ्नो ज्यान र आफ्नो भविष्य लिएर । आज युक्रेन थकित र छताछुल्ल छ, रैथाने भूमि गुमेको छ र लाखौं नागरिक विस्थापित छन् । तर, यो कथा केवल युक्रेनको मात्र होइन । अब संसारको आँखा दुई नयाँ मोर्चामा छ– जापान र ताइवान । अमेरिकाको रणनीतिक सोच सरल छ ः चीनलाई आर्थिक, सैन्य र औद्योगिक प्रतिस्पर्धाबाट रोक्ने, र यसको सबैभन्दा महत्वपूर्ण बिन्दु हो– ताइवान । ताइवान, जहाँ विश्वका ६० प्रतिशतभन्दा बढी अत्याधुनिक चिप उत्पादन हुन्छन् । जसले भविष्यका कम्प्युटरदेखि मिसाइलसम्म र ड्रोनदेखि एआईसम्म सबै चलाउँछन् । यदि ताइवान चीनको नियन्त्रणमा गयो भने दुनियाँ टेक्नोलोजीमै पछि पर्नेछ । यसैले वासिङ्टनले ताइवानको रक्षा गर्ने बयान खुलेआम दिन थालेको छ । तर त्यसको छेउमै अर्को खेल सुरु भएको छ– जापानलाई सैन्य रूपमा शक्तिशाली बनाउने अमेरिकी अभियान । वर्षौंदेखि सीमित सैन्य नीति पालना गरिरहेको जापान, अहिले अमेरिकी दबाब र क्षेत्रीय तनावका कारण फेरि सेना सुदृढ गर्ने मोडमा छ । समुद्र, आकाश र व्यापार मार्ग सबै चीन र जापानका जहाज, ड्रोन, विमान र युद्धपोतले भरिन थालेका छन् । यो वातावरण ठ्याक्कै २०१४ को क्राइमियापछिको युरोपजस्तै छ– सुरुमा तनाव, पछि हतियार आपूर्ति, फेरि कूटनीति र अन्ततः युद्ध ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया