देश

रास्वपालाई ठेगान लगाउँदै तीन युवा, सदनमा दमदार भिडे, खुश्बु भारी पर्दै, निश्कलले घाँटी नै समाते (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा झण्डै दुई–तिहाइ बहुमतको सरकार छ । तर, पुराना दलका तीन नयाँ सांसदले सरकारलाई हम्मे–हम्मे पारिरहेका छन् । रास्वपाको भीडमा पनि उनीहरू सरकारलाई दबाब दिन आक्रामक बनिरहेका छन् । प्रतिपक्षमा रहेका उनीहरूले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गरिरहेका छन् । पुराना दलका काबिल र दशकौँदेखि जित हासिल गर्दै आएका नेताहरू पराजित हुँदा रास्वपाकै ‘मोडल’मा निर्वाचन जितेर उनीहरू संसद छिरेका हुन् । उनीहरूसँग न त संसदीय अभ्यासको लामो अनुभव छ, न त यसअघि संसद छिरेका नै थिए । तर, अहिले रास्वपालाई ‘तह लगाउने’ काम तिनै युवा सांसदहरूले गरिरहेका छन् । को को हुन् त ती युवा सांसद ?