Uncategorized

सम्पत्ति छानबिन ः कांग्रेस–एमाले केन्द्रित, प्रचण्ड पनि जोगिएनन्, प्रधानसेनापति र राष्ट्रपतिलाई हाईसन्चो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— जेनजी आन्दोलनको मर्म अनुसार बालने शाह नेतृत्वको सरकारले पटक पटक सत्तामा पुगेका नेता कार्यकर्ता तथा विभिन्न सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति छानविन सुरु गरेको छ । सम्पत्ति छानबिन आयोगमार्फत हाल आर्थिक वर्ष २०६२/०६३ देखि २०८२/०८३ चैत मसान्तसम्मको अवधिलाई लक्षित गरेर उनीहरुलाई आफ्नो सम्पत्ति विवरण बुझाउन सूचना मार्फत आह्वान गरिएको छ । तर सम्पत्ति छानबिन आयोगले आफ्नो कार्यादेश स्पष्ट पार्दै पूर्वराजा, राजपरिवारका सदस्यहरू, तथा पूर्व र बहालवाला राष्ट्रपति एवं उपराष्ट्रपतिको सम्पत्ति छानबिन नगर्ने प्रष्ट पारेको छ । कार्यादेशको यो सीमाले छानबिनको दायराबारे प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ । आयोग गठन गर्न भन्दा पहिले सरकारले सबै सार्वजनिक पद धारण गरेका व्यक्तीको सम्पति छानविन गर्ने भनेको थियो ।