Breaking

बालेनका नयाँ मन्त्री दिपक, गौरीकै पारा, दसैँमा ग्यासको हाहाकार, कामभन्दा मुख धेरै चल्ने ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन शाहको आशीर्वाद पाएका, अभाव र सङ्कटको अन्त्य गर्ने भन्दै मन्त्री पदको शपथ लिएका, गौरीकुमारीलाई विस्थापन गर्दै मन्त्रीको कुर्सीमा आसीन भएका उद्योगमन्त्री दिपक साहले न त ग्यासको सङ्कट नै हटाउन सके, न कामको लय नै समात्न सकेका छन् । दिपक साह नयाँ मन्त्री भए पनि कार्यशैली भने पुरानै छ । मन्त्री बनेको महिना दिन बित्दासमेत उनले नतिजा दिन सकेका छैनन् । उनको अवस्था पनि पूर्ववर्ती मन्त्री गौरीकुमारीको भन्दा फरक छैन । अभाव र सङ्कटको मोचन गर्न आएका मन्त्री साहले देखिने गरी सिन्को नभाच्दा उपभोक्ता भने खाना पकाउने ग्यासको अभावदेखि महँगीको मार खेप्न बाध्य छन् ।
उद्योगमन्त्री साहले नेपालीहरूको महान् चाड दसैँले छोपी सक्दा पनि ग्यास वितरण सहज बनाउन सकेका छैनन् । तर उनी अझै यसो भन्दै छन् कि— ‘आयातमा आधारित ग्यास वा चामल जस्ता वस्तुहरू पूर्ण रूपमा हाम्रो देशको नियन्त्रणमा छैनन् ।