Breaking

चोलेन्द्र प्रकरण : न्यायालयमा हल्लीखल्ली, रवि फ्याक्टरमा बालेन पक्षको छड्के, सर्वोच्चमा पाकेको खिचडी (भिडियो सहित)

योहो संवाददाता

काठमाडौं–बालेन्द्र शाहको नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठनपछि राज्यको मुख्य अङ्गमध्येको एक न्यायपालिका, विभिन्न विवाद र आन्तरिक किचलोका कारण सङ्कटग्रस्त अवस्थामा छ । विपुल जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्ताको बागडोर सम्हालेपछि न्यायालयभित्र बढेको विकृतिका कारण न्यायाधीशहरू नै हैरान भएका छन् ।

कार्यपालिका र सत्तापक्षले न्यायालयमा लाद्न खोजेको मैमत्तताले न्यायालय दबाबमा मात्र परेको छैन, त्रासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । त्यसमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि सरकारले गरेको स्वेच्छाचारी धरपकडले न्यायालयमा अर्को त्रासको वातावरण सिर्जना गरेको छ ।